ब्रोकरलाई मर्जरमा जान बाटो खुल्यो, बोर्डबाट पारित भयो निर्देशिका – Nepal Press

ब्रोकरलाई मर्जरमा जान बाटो खुल्यो, बोर्डबाट पारित भयो निर्देशिका

काठमाडौं । ब्रोकर कम्पनीहरू मर्जर जाने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को बुधबार बसेको बोर्ड बैठकले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित गरेको हो ।

‘सेबोनले तयार पारेको ब्रोकरहरुका लागि मर्जर तथा प्राप्ति निर्देशिका पारित भइरहेको छ । अबको केही दिनमा निर्देशिका जारी हुन्छ । त्यसपछि ब्रोकर कम्पनीहरू मर्जर तथा प्राप्तिमा जान सक्छन्’, सेबोन स्रोतले भन्यो ।

सेबोनले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरूलाई तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनको समय सीमा आउने असार मसान्तमा सकिँदै छ । चुक्ता पुँजी पुर्‍याउनका लागि अधिकांश ब्रोकर कम्पनीहरूले मर्जरको बाटो रोज्न खोजेको देखिन्छ ।

सेबोनले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी नगर्दा कम्पनीहरू मर्जरमा जान सकेका थिएनन् । अब उक्त निर्देशिका कार्यान्वयनमा आएपछि उनीहरूले मर्जरको प्रक्रिया अगाडी बढाउने छन् । त्यसबाहेक ब्रोकर कम्पनीहरूले पुँजी पुर्‍याउनका लागि बोनस शेयर तथा हकप्रद जारी गर्न पाउँछन् ।

याे पनि- मर्जरको बहस ब्रोकरतिर: तीन दर्जन बढीको पुगेको छैन चुक्ता पूँजी, निर्देशिका ल्याउँदै सेबोन

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर