सुनको मूल्य तोलामा १३०० रुपैयाँ बढ्यो

२०८१ चैत १४ गते ११:३२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर