प्रचण्डलाई ओलीको कटाक्ष- खेतमा पानी लगाउने र बाख्रो किन्ने कुरा कसरी जोडियो ? (भिडिओ) – Nepal Press

प्रचण्डलाई ओलीको कटाक्ष- खेतमा पानी लगाउने र बाख्रो किन्ने कुरा कसरी जोडियो ? (भिडिओ)

राजावादीलाई प्रश्न– ज्ञानेन्द्र शाहजी २५० वर्षपछि घर फर्किनुभयो, के ठूलो कुरा भयो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया पूरा गर्ने सम्बन्धमा भएको सहमतिलाई कुलमान बर्खास्ती प्रकरणसँग जोड्न खोजेकोमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरेका छन् । आज शान्ति प्रक्रियासम्बन्धी सम्मेलनमा बोल्दै ओलीले यी दुवै फरक विषय भएको बताए ।

ओलीले भने, ‘हिजो-अस्ति मैले सुनेँ, शान्ति प्रक्रियाका लागि छलफल गर्न भनेर बोलाए, अनि सिफारिस समिति बनाएपछि एक जना कर्मचारीले ठिक काम गरेन भनेर निकालेछन्, यस्तो धोका । कहाँबाट जोडियो खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा ? अर्कै-अर्कै कुरा हो त शान्ति प्रक्रिया र एउटा कर्मचारीले राम्रो काम गरेन भनेर कारबाही गरेको कुरा । कहाँबाट जोडिन आयो ?’

अर्कोतिर अहिले ननइस्यूहरुलाई इस्यू बनाउन खोजिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

राजावादी आन्दोलनलाई ईंगित गर्दै भने, ‘के निकालेको नन इस्यू पनि कसरी निकालेको हो । ६५ सालमा ज्ञानेन्द्र शाहजी घर जानुभो । हामी दुई–चार महिनामा घर फर्किन्छौँ । उहाँ २५० वर्षपछि फर्किनुभएछ । ठूलो कुरै भएन नि ! अहिले यति वर्षपछि कहाँबाट फेरि नन इस्यू… पोखराबाट आउनुभो रे, कहाँ दरबार लान्छु भन्या हो ।’

यस्तो खालको कुरामा नेपाली अल्झिनु नहुने र यस्तै कुराले जनतामा असन्तुष्टि बढ्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर