निर्मल निवासमा पूर्वराजालाई भेटेर निस्किए दुर्गा प्रसाईं, नवराज सुवेदीको बेग्लै भेटवार्ता


काठमाडौं । गणतन्त्रविरोधी आन्दोलन चर्काउने तयारीमा रहेका राजावादी नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्पर्क र भेटघाट बढाएका छन् । भोलि हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा निर्मल निवासको व्यस्तता पनि बढिरहेको छ ।
आज दिउँसो व्यवसायी दुर्गा प्रसाईंले निर्मल निवासमै पुगेर राजासँग लामो भेटवार्ता गरे । सेतो गाडीमा चढेर उनी निर्मल निवासमा पसेका थिए । निर्मल निवासबाट निस्किएर भोलिको आन्दोलनबारे जानकारी गराउन अहिले उनी पत्रकार सम्मेलनमा पुगेका छन् ।
यसअघि हिजो संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पनि पूर्वराजालाई भेटेको स्रोतले जानकारी दियो । उक्त भेटको विवरण पनि बाहिर आएको छैन ।