संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई (भिडिओ) – Nepal Press

संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई (भिडिओ)

धवलशमशेरको नेतृत्वमा १ हजार १११ सदस्यीय आन्दोलन परिचालन समिति गठन

काठमाडौं । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदीले सो जानकारी दिएका हुन् ।

प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरिएको हो । प्रसाईं नेतृत्वमा भोलि हुने जनप्रदर्शनको अपनत्व संयुक्त जनआन्दोलन समितिले लिएको संयोजक सुबेदीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुबेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिए ।

२०४७ सालको संविधानमा टेकेर नयाँ समझदारी गर्न उनले दलहरुलाई अपिल गरेका छन् ।


प्रतिक्रिया

One thought on “संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई (भिडिओ)

  1. यस्ता हावा, अराजकलाई कमाण्डर बनाएर ज्ञानेन्द्रले सत्ता हत्याउँला भनेर सोचेको ? हरे ज्ञानेन्द्रको दरिद्र मानसिकता ! यो मान्छे ५-६ अरब बैंकको ऋण नतिर्नलाई जे पनि गर्न तयार छ । ऋण तिर्न परेको दिन सडकमा बास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर