कांग्रेस, एमाले, माओवादी र जसपाका नेवार नेताको वक्तव्य- नेवाः समुदाय राजसंस्थाको पक्षमा छैन – Nepal Press

कांग्रेस, एमाले, माओवादी र जसपाका नेवार नेताको वक्तव्य- नेवाः समुदाय राजसंस्थाको पक्षमा छैन

काठमाडौं । प्रमुख दलसम्वद्ध नेवा: समुदायले आफूहरू राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी जसपाका नेतार नेताले सामूहित वक्तव्यमार्फत् उक्त प्रष्टीकरण दिएका हुन् ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा निकालिएको सामूहिक वक्तव्यमा राजतन्त्रात्मक निरंकूश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा दमन गरेको उल्लेख छ ।

असन्तुष्टिमाथि खेलेर केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र हिन्दू राष्ट्र पुन:स्थापनाको मागसहित प्रतिगामी शक्ति चलमलाउन थालेको उनीहरूले बताएका छन् ।

‘लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुऱ्याउने यस्ता गतिविधिहरू हामी नेवाः समुदायलाई कदापी स्वीकार्य छैन । आफ्ना कुत्सित मनसाय पूरा गर्न यी तत्वहरूले नजिकै आइरहेका नेवाः जात्रा चाडपर्वहरूमा अवांछित गतिविधिहरू गर्ने सम्भावना रहेकोले त्यस्तो कार्य कोही कसैले नगर्न नगराउन समेत खबरदारी गर्दै जात्रा पर्वको महत्व र मौलिकता बचाउन नेवाः समुदाय प्रतिबद्ध रहेको अवग गराउन चाहन्छौं’, विज्ञप्तिमा लेखिएको छ ।

जनताका असन्तोषहरूलाई इमान्दारीपूर्वक सम्बोधन गर्न राज्यसत्ता एवं सम्पूर्ण राजनीतिक दलहरूलाई पनि उनीहरूले अपिल गरेका छन् ।


प्रतिक्रिया

One thought on “कांग्रेस, एमाले, माओवादी र जसपाका नेवार नेताको वक्तव्य- नेवाः समुदाय राजसंस्थाको पक्षमा छैन

  1. नाम हेरेरै थाहा भयो लुटतन्त्र मच्चाएकै जुठो खाएकै रैछन् सवै जना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर