संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई दियो एक हप्ताको अल्टिमेटम
चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा


काठमाडौं । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ । आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा आज गरियो ।
आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान गरे ।
उनले भने, ‘यदि हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेमा त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुनेछन् ।’
चैत १६ गते घोडेजात्रा भएकाले त्यस दिन कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने निर्णय समितिले लिएको छ । १७ गतेदेखि भने निरन्तर आन्दोलन हुने सुवेदीले बताए ।