कुलमान प्रकरण- प्रतिनिधि सभाको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित


काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मको लागि गरिएको हो ।
प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण दिनुपर्ने माग राख्दै विपक्षीहरुले सदन अवरोध गर्दै आइरहेका छन् ।
विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि प्रधानमन्त्री दिने पक्षमा छैनन्। हिजो पनि विपक्षीको विरोधपछि स्थगित भएको सदन आज बिहान ११ बजेका लागि राखिएको थियो।
तर, विपक्षीले अडान नछाडेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग संवाद गर्दा पनि कुरा नमिलेपछि भोलिसम्मको लागि स्थगित गरिएको हो।