समाजवादी मोर्चाको प्रदर्शन राजाविरुद्ध कि सरकारविरुद्ध ? यस्तो छ माओवादीको जवाफ – Nepal Press

समाजवादी मोर्चाको प्रदर्शन राजाविरुद्ध कि सरकारविरुद्ध ? यस्तो छ माओवादीको जवाफ

काठमाडौं । समाजवादी मोचाले भोलि काठमाडौंमा जनप्रदर्शन गर्दैछ। नेकपा माओवादी केन्द्रसहित ४ दल सम्मिलित मोर्चाले विरोधसभा गर्न लागेको हो ।

राजावादीहरुको सक्रियता बढेपछि त्यसलाई प्रतिवाद गर्न मोर्चाले प्रदर्शन राखेको छ। साथै, यही सभाबाट सरकारलाई पनि दबाब दिने मोर्चाको रणनीति छ। सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा मोर्चाले राखेको छ। भोलि नै राजवादीहरुले पनि शक्ति प्रदर्शन गर्दैछन् ।

सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएपछि माओवादीसहित विपक्षी दल सरकारविरुद्ध आक्रोशित छ । यो प्रदर्शनले सरकारमाथि पनि दबाब दिने मोर्चामा आबद्ध दलहरुको बुझाइ छ ।

भोलि मोर्चाले गर्न लागेको प्रदर्शन राजवादी कि सरकारविरुद्ध ? भन्नेबारे माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटोले त्यसको जवाफ दिएका छन् ।

उनले भोलिको मोर्चाको प्रदर्शनमा सहभागी हुने आह्वान गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कुशासनकै कारणले अहिले राजावादीहरुले टाउको उठाउन खोजेको आरोप लगाए ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै

वर्तमान सरकारले सुशासनको विपरित, भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचारीहरुको संरक्षण गर्ने, यो सरकारको सेवा प्रवाहमा पनि पहलकदमी छैन ।

सरकार नै संवैधानिक मर्म र भावना विपरित बनेको हुनाले सुरुका दिनदेखि नै जनताप्रतिको जवाफदेहिता प्रस्तुत गर्न सकेको छैन । सबैतिर यो सरकार असफल भइरहेको छ ।

सरकारको कुशासन र नालायकिको कारणले अहिले अराजकता फैलाउने दुष्प्रयत्न भइरहेको छ । तर नेपाली जनता पछाडि फर्कने कल्पना पनि गर्न सक्दैनन्, इतिहासमा थन्काइसकेको त्यो राजतन्त्र फर्किने कुरा नेपाली जनताले सोच्न पनि सक्दैनन् ।

जनता लोकतान्त्रिक मूल्य र मान्यता आदर्शमा स्पष्ट छन् र हामीले रगत बगाएर बनाएइको संविधानमा प्रष्टसँग सार्वभौम सम्पन्न नेपाली जनता, सबै अधिकारहरु नेपाली जनतामा अन्र्तनिहित छ भन्ने मान्यतामा प्रष्ट छन् ।

तर यो सरकारले विचौलिया र दलालहरुको इसारामा देश र जनताको हित विपरित काम गरिरहेको छ। यही मौकामा पानीलाई धमिलो पारेर माछा मार्न सकिन्छ कि भनेर दुष्प्रयत्न गरेका छन् । त्यो सफल हुनेछैन ।

त्यसैले हामीले जनतालाई राष्ट्रिय परिस्थिती र सरकारको नालायकिको बारेमा पनि, इतिहासमा थन्किसकेको प्रतिगमनकारीहरुको बारेमा पनि अब जनतालाई सूसुचित गर्ने बेला आयो, शक्तिको स्रोत भनेकै जनता हो ।

जनताले लडेर ल्याएको यो व्यवस्था उल्ट्याउने दुष्प्रयास भइरहेको बेलामा जनतामै जानुपर्छ भनेर हामीले चैत १५ गते बृहत्त जनप्रदर्शन गर्दैर्छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर