सिनामंगलबाट लागूऔषधसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा – Nepal Press

सिनामंगलबाट लागूऔषधसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं ।सशस्त्र प्रहरी बलले चैत्र १४ गते दिउँसो काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट करिब ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरू खोटाङको लामिडाँडा–७ घर भई काठमाडौँ महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षीय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौँ महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षीय लक्ष्मी परियार छन् ।

उनीहरुलाई लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा लागूऔषधसहित नियन्त्रणमा लिइएको हो । साथै उनीहरुले प्रयोग गरिरहेको दुई थान मोटरसाइकल, ६ थान मोबाइल र केही नगद समेत बरामद गरिएको छ ।

नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको  लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

यसअघि सशस्त्र प्रहरीले गत फागुन १ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट ५÷५ किलोग्राम सोही लागूऔषधसहित तीन जना युवकलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *