नेशनल ल कलेजमा अनेरास्ववियु विजयी, ओविलाल विश्वकर्मा बने सभापति – Nepal Press

नेशनल ल कलेजमा अनेरास्ववियु विजयी, ओविलाल विश्वकर्मा बने सभापति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त नेशनल ल कलेज सानेपाको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले समर्थित अनेरास्ववियु विजयी भएको छ ।

कलेजको निर्वाचन समितिले विद्यार्थी कल्याण परिषदका लागि गरेको स्ववियु निर्वाचनमा अनेरास्ववियुका ओविलाल विश्वकर्मा २५५ मतका साथ विजयी भएका हुन् ।

अध्यक्षका अर्का प्रत्याशी सुवास अधिकारीले १७० मत पाएका छन् । त्यस्तै उपाध्यक्षमासहित सबै पदमा सोही प्यानलका उम्मेदवार विजयी भएका छन् ।

उपाध्यक्षमा आदर्श अधिकारी, महासचिवमा ओम अधिकारी, सचिवमा स्वीकृति पाण्डे र कोषाध्यक्षमा भुमिका पाण्डे निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *