के राजावादी विचारविहीन हुन् ? फरक साइनबोर्डका गणतन्त्रवादीलाई बहसको चुल्है निम्तो

सडकमा राजावादको नारा लागिरहँदा कतिपयले यसलाई विचारहीन झुन्ड भनेर तीखो टिप्पणी गरिरहेका छन् । मूलतः वामपन्थी विचारबाट प्रशिक्षित राजनीतिकर्मी, पेशाकर्मी, बुद्धिजीवी, पत्रकार एवं अभियन्ताले राजसंस्थाको विषय उठाउनेलाई सहजै प्रतिगामी, अप्रजातान्त्रिक, नश्लीय सर्वोच्चताको पक्षपाति, सामन्तवादी व्यवस्था चाहने भनेर खिसिट्युरी गर्छन् । उनीहरू आफूलाई वैज्ञानिक भएको ठान्छन् र स्वघोषणा गर्छन् ।
संवर्द्धनवादी विचार बोक्ने मानिसहरूलाई अचेतन र अविवेकी करार गर्छन् । मार्क्सवादका स्वैरकल्पना र लेनिनको अधिनायकवादलाई अग्रगमन देख्छन् भने आफ्नो मौलिक इतिहास र सभ्यताका विशिष्ट मानकहरूलाई दुत्कार्छन् । इतिहासमाथि घृणा पैदा गरेर भविष्यका लागि द्वन्द्व रोप्ने कार्यहरूलाई उनीहरू प्रगति भन्छन्, विज्ञान भन्छन् । इतिहास र पहिचानको संवर्द्धन गर्दै उन्नत प्रजातन्त्रमा जानुपर्छ भन्नेहरूलाई उनीहरू आदिम मानिस देख्छन् ।
आजको व्यवस्थाले निम्त्याएका सबै समस्या राजा आएपछि तुरुन्तै हल हुन्छ भन्नु मूर्खता हो । राजासहितको प्रजातन्त्रको आधारशिला भनेको वैयक्तिक, सामाजिक र आर्थिक अधिकारका साथै सङ्गठन, अभिव्यक्ति, प्रेस स्वतन्त्रता र मानवअधिकारको रक्षा पनि हो । त्यसैले राजसंस्था ल्याएर निरङ्कुशता आउँछ भन्ने भ्रम फैलाउनु जरुरी छैन ।
ढिलै भए पनि नेपालमा राजसंस्था कि गणतन्त्र भन्नेमा समाज विभाजित हुन थालेको छ । समाज जब दुई विपरीत विचारधारामा ध्रुवीकृत हुन्छ, तब मात्र प्रजातन्त्र बलियो हुन्छ । मानिसको आलोचनात्मक चेतमा विकास हुन्छ ।
उदाहरणका लागि, अमेरिकाको डेमोक्र्याट र रिपब्लिकन, बेलायतको लेबर र कन्जरभेटिभ वा भारतको कांग्रेस र भाजपा जस्तो बलियो सैद्धान्तिक, नीतिगत र व्यवहारिक मतभिन्नता र चरित्र रहेको छ । नेपालमा जस्तो मौका पर्दा मिलेर शासनमा हालिमुहाली गर्ने र नमिल्दा जनतालाई दिग्भ्रमित बनाएर विभाजित गरिरहने काँग्रेस र एमाले जस्ता समान उद्देश्यका फरक राजनीतिक दलको खेती प्रजातन्त्र बलियो भएको देशमा हुँदैन ।
फरक साइनबोर्डमा एउटै धन्दा चलाइरहेका कांग्रेस, एमाले, माओवादीहरूका नाममा विभाजित भइरहेका नेपालीहरू बिस्तारै यी सबै एकै कित्ताका, एउटै स्वभाव, आचरण र संस्कारका शक्ति हुन् भन्ने बुझेर राजसंस्थासहितको प्रजातन्त्र कि गणतन्त्र भन्ने ठोस छलफलको बिन्दुमा पुगेका छन् । यो सकारात्मक कुरा हो । अग्रगमन, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता शब्दजालमा खेलाएर २०औं वर्ष नागरिकको विवेक र चेतनामाथि राजनीतिक दल र नेताहरूले शोषण गरिरहेका छन् ।
यसबाट वाक्क भएका नागरिकले यो कथित प्रगतिशील व्यवस्थामाथि प्रश्न उठाइरहँदा गणतन्त्रवादीहरू रक्षात्मक मात्र देखिएका छैनन्, सत्ता गुम्ने डरले बनवासमा रहेका राजालाई भए नभएको गाली गरेर बर्बराइरहेका छन्। यी नै क्रियाकलापबाट थाहा हुन्छ, यो व्यवस्था कति कमजोर धरातलमा अडिएको छ ।
अब जाऔं, के राजावादीहरूसँग कुनै विचार छैन त ? के उनीहरूको सोच राजा ल्याउने, गद्दीमा बसाउने अनि महाराजको कृपाले देशमा फस्ट्याउने भन्ने हो त ? होइन । देशमा राजा चाहिन्छ भन्ने मानिसहरूको धेरैथरि व्यक्तिगत तर्क र दलीलहरू छन् ।
ती कोही राजावादी मात्र हुन सक्छन्, कोही परम्परावादी हुन सक्छन्, उदार प्रजातान्त्रिक हुन सक्छन् वा सक्रिय राजसंस्थाकै पक्षपाती पनि हुन सक्छन् । तर, प्रजातान्त्रिक समाजमा ती सबै मनोसामाजिक मान्यताहरूको सारतत्वबाट नै राजनीतिक दर्शन, वैचारिकी र दृष्टिकोण निर्माण र कार्यान्वयन हुने ।
नेपालमा जस्तो मौका पर्दा मिलेर शासनमा हालिमुहाली गर्ने र नमिल्दा जनतालाई दिग्भ्रमित बनाएर विभाजित गरिरहने काँग्रेस र एमाले जस्ता समान उद्देश्यका फरक राजनीतिक दलको खेती प्रजातन्त्र बलियो भएको देशमा हुँदैन ।
मूलतः देशमा राजसंस्था चाहिन्छ भन्ने मुख्य राजनीतिक शक्ति राप्रपा हो । राप्रपालाई स्थापनाकालदेखि नै पूर्वपञ्चहरूको पार्टी, अनुदारवादीहरू र वैचारिक, राजनीतिक दृष्टिकोण नभएका भनेर कांग्रेस र वामपन्थीहरूले भाष्य निर्माण गरेका छन्, जुन सत्य होइन । राप्रपा संवर्द्धनवादी दर्शनमा आधारित पार्टी हो ।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको वृहत् चिन्तनमा अटाएको राप्रपाले आफ्नो विधानमै सनातनदेखि चलिआएको नेपालको परम्परागत धर्म, संस्कृति, राष्ट्रिय सम्पदा र इतिहासको रक्षा गर्ने उद्देश्य उल्लेख गरेको छ ।
राजसंस्था नेपालको सन्दर्भमा इतिहासको एउटा विशिष्ट संस्था हो । जुन संस्थाको अस्तित्वसँग नेपाल भन्ने देशको इतिहास, गौरव र अविछिन्नता मिसिएर आउँछ । राजसंस्थाको रक्षा गर्नु भनेको नेपालको इतिहासको रक्षा गर्नु हो । यसैले राप्रपाका कार्यकर्ता राजावादी भएका हुन् ।
राजसंस्थाको मुद्दा राप्रपाले विधानमा लेखेको इतिहासको रक्षा गर्ने भन्ने उद्देश्यमा मात्र आधारित छैन । राप्रपाले शिरमा राखेको राष्ट्रियता, प्रजातन्त्र र उदारवादको परिभाषाभित्र पनि आउँछ । राप्रपा राजसंस्थालाई राष्ट्रियताको एउटा अंग मान्छ । राष्ट्रियता भनेको सो देशको इतिहास, भाषा, धर्म, परम्परा, कला, साहित्य, सङ्गीतहरूको समष्टिगत पहिचान हो ।
राप्रपा संघीयताको किन विरोध गर्छ ? किनकि, यो राप्रपाले बोक्ने दर्शन, सिद्धान्त र वैचारिकीको प्रतिकूल छ । राप्रपाले आफ्नो आदर्शका रूपमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई मानेको छ । यो देश पृथ्वीनारायण शाहको नेतृत्वमा बनेको हो । कतिपय विकृत वामपन्थी र विदेशको प्रायोजनामा हातमुख जोड्ने पेशा भएकाले राज्य विस्तार, निरंकूशता र दमन भन्ने गरेका छन्, जुन घोर निन्दनीय कूतर्क हो ।
अब जाऔं, राजा आए भने के हुन्छ ? राप्रपा राजा आएका दिन आफ्ना विकासका मार्गचित्रहरू लिएर आउन सक्छ ? राप्रपासँग त्यो वैचारिक, आर्थिक, सामाजिक दृष्टिकोण छ ? भन्ने धेरैको जिज्ञासा पाइन्छ । राप्रपाले स्पष्ट रूपमा आफ्नो आर्थिक मान्यता राखेको छ । राप्रपा कुनै समाजवाद र साम्यवादको कोरा कल्पनाबाट निर्देशित छैन । समाजले विश्वव्यापी मान्यता र प्रयोगबाट सिद्ध भएका आर्थिक नीतिलाई मौलिक यथार्थमा सामञ्जस्य गर्दै अवलम्बन गर्ने हो ।
राप्रपाको राजावाद भावनाको क्षणिक अभिव्यक्ति होइन । राप्रपाको राजावाद संवर्द्धनवादको विशाल दर्शनभित्रको एउटा अवयव हो । त्यसैले राप्रपाका हरेक कार्यकर्ता राजावादी भन्नुमा गौरव गर्छन् ।
राप्रपाले अँगालेको उदारवाद नै नेपालको समृद्धिको आधारशीला हो । यो उदारवाद न त आजका गणतन्त्रवादीले बोकेको कथित समाजवादी आवरणको दलालवाद हो, न त कांग्रेसले अँगालेको उदारीकरण नामको निजीकरणवाद नै हो । राप्रपाको उदारवाद भनेको उन्नत पुँजीवादउन्मुख कल्याणकारी उदारवाद हो । यसले राज्यले हरेक नागरिकको सम्पत्ति कमाउने, जम्मा गर्ने र उद्योग-व्यवसाय गर्ने स्वतन्त्रताको प्रवर्द्धन गर्छ र उनीहरूलाई प्रोत्साहन गर्दछ ।
तर, यो कांग्रेसको जस्तो उदारवादका नाममा राज्यको सम्पत्ति लिलाम गर्ने र धनाढ्यहरूसँग साँठगाँठ गर्ने उदारवाद होइन। शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सामाजिक सुरक्षामा राज्यले लगानी गर्छ, बाँकी क्षेत्रमा असीमित बजार स्वतन्त्रता छाड्छ। यसले आधारभूत आवश्यकतामा रहेको विभेद अन्त्य गर्छ। सबैले समतामूलक शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा पाएपछि समाज स्वतः उद्यमशील र उत्पादनशील बन्छ ।
उदारवाद भनेको ठूला आयोजना र उत्पादनमा राज्य र जनताको साझेदारी हो, जसले हजारौँ रोजगारी सिर्जना गर्छ । अपनत्व र लगानीसहितको रोजगारीले समाजलाई केही वर्षमै रूपान्तरणको बाटोमा लैजान्छ । आधारभूत आवश्यकता विभेदरहित रूपमा पूरा भएपछि समाज उत्पादन, नवप्रवर्तन र आविष्कारमा लाग्छ ।
जबसम्म मानिसले आधारभूत आवश्यकता पूरा गर्न खाडी जानुपर्छ वा नेताको आडमा बाँच्नुपर्छ, तबसम्म संविधानमा समावेशिता र लोकतन्त्र जति लेखे पनि त्यसको औचित्य रहँदैन । त्यसैले राप्रपा शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षाको ग्यारेन्टीसहितको कल्याणकारी राज्य र उदार अर्थतन्त्रको पक्षधर हो । राजासहितको प्रजातन्त्र स्थापनापछि राप्रपाको नीति यिनैमा केन्द्रित हुनेछ र त्यस्तो राज्य निर्माणका लागि सङ्घर्ष गर्नेछ ।
यसका लागि राज्यका शिक्षा र स्वास्थ्य प्रदायक संस्थालाई प्रतिस्पर्धी बनाई निजी निर्भरता घटाउनुपर्छ । सरकारी सेवा प्रवर्द्धन गर्ने नाममा निजी क्षेत्रलाई निषेध गर्नु होइन, बरु सरकारी संस्था कामै छैनन् भन्ने मान्यता तोड्नु हो । निजी क्षेत्रलाई अन्य नाफामूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने र राज्यले ऋण, जग्गा, कर र आपूर्तिमा सहुलीयत दिई निजी क्षेत्रलाई नियमसङ्गत नाफा कमाउन प्रेरित गर्ने हो ।
उसले तिरेको करले उसकै परिवार र सन्तानको शिक्षा र स्वास्थ्य ग्यारेन्टी गर्छ भन्ने राज्य पाएपछि को कर तिर्दैन ? खुसीसाथ तिर्छ। तैपनि करछली गरेमा व्यवसायको इजाजत खारेज गरी पुनः व्यवसाय गर्न नपाउने कडा नियम बनाउनुपर्छ । आधारभूत आवश्यकता विभेदरहित रूपमा पाएर असुरक्षाको भावना हटेपछि नागरिकले इमानदारीसाथ कर तिर्छन् । आज भ्रष्टहरूले करको पैसाले लुट मच्चाइरहेकाले कतिपयले जानीजानी कर छल्छन् ।
मूलतः देशमा राजसंस्था चाहिन्छ भन्ने मुख्य राजनीतिक शक्ति राप्रपा हो । राप्रपालाई स्थापनाकालदेखि नै पूर्वपञ्चहरूको पार्टी, अनुदारवादीहरू र वैचारिक, राजनीतिक दृष्टिकोण नभएका भनेर कांग्रेस र वामपन्थीहरूले भाष्य निर्माण गरेका छन्, जुन सत्य होइन ।
यी विषयमा राप्रपाका हजारौँ नेता-कार्यकर्ता स्पष्ट छन् । आजको व्यवस्थाले निम्त्याएका सबै समस्या राजा आएपछि तुरुन्तै हल हुन्छ भन्नु मूर्खता हो । राजासहितको प्रजातन्त्रको आधारशिला भनेको वैयक्तिक, सामाजिक र आर्थिक अधिकारका साथै सङ्गठन, अभिव्यक्ति, प्रेस स्वतन्त्रता र मानवअधिकारको रक्षा पनि हो । त्यसैले राजसंस्था ल्याएर निरङ्कुशता आउँछ भन्ने भ्रम फैलाउनु जरुरी छैन ।
व्यवस्था परिवर्तनसँगै माथिका सैद्धान्तिक मान्यताको स्थापनामा उदार संवर्द्धनवादी शक्ति सक्षम छ। परिवर्तनपछि आर्थिक र सामाजिक मुद्दामा केन्द्रित भएर अवस्था बदल्ने मार्गचित्र र सामर्थ्य राप्रपासँग छ । राप्रपाको राजावाद भावनाको क्षणिक अभिव्यक्ति होइन, यो संवर्द्धनवादको विशाल दर्शनको एउटा अङ्ग हो। त्यसैले राप्रपाका हरेक कार्यकर्ता राजावादी हुनमा गर्व गर्छन्।
(लेखक भेटुवाल राप्रपाका केन्द्रीय सदस्य एवं सूचना प्रविधि विभाग प्रमुख हुन् ।)
लोकप्रियतावादको दलदलमा टेकेर पश्चागमनको तलतलमा रमाउने जमातले न देशको स्वार्थ हेर्छ न त जनताको अपेक्षा सम्बोधन गर्ने ल्याकत राख्छ। त्यसैले लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र र दलको विकल्प दल नै हो। भ्रमपूर्ण खराब भाष्यमा परेर भविष्य असुरक्षित बनाउने मूर्खता नगरौं।
आफ्नो परिचय परम्परा गुमाएर मार्क्सबाद र समाजबाद बोक्ने बाहुन र क्षत्रीलाइ धिक्कार छ। यिनीहरूलाइ धार्मिक बहिस्कार गरौ।