गौरीशंकर क्याम्पसमा अनेरास्ववियुका शिरिस बस्नेत सभापति निर्विरोध, अन्य पदमा भागबण्डा – Nepal Press

गौरीशंकर क्याम्पसमा अनेरास्ववियुका शिरिस बस्नेत सभापति निर्विरोध, अन्य पदमा भागबण्डा

काठमाडौं । दोलखा सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका प्रमुख संगठनले आ- आफ्नो हैसियत अनुसार पद लिएर सर्वसम्मत नेतृत्व चयन गरेका छन् ।

विहीवार क्याम्पसमा भएको सहमति बमोजिम एमालेनिकट अनेरास्ववियुले सभापति,कांग्रेस निकट नेविसंघले सचिव र माओवादीनिकट अखिल क्रान्तिकारीले कोषाध्यक्ष लिएर सर्वसम्मत स्ववियु गठन भएको हो ।

क्याम्पसको स्ववियु निर्वाचनमा दर्ता भएका सबै संगठनलाई सदस्य दिएर १५ सदस्यीय स्ववियु निर्विरोध चयन भएको अनेरास्ववियुका स्थायी कमिटी सदस्य सागरहरी अधिकारीले बताए । सभापतिमा अनेरास्ववियुका सिरिश बस्नेत निर्विरोध भएका छन् ।

समानुपातिकतर्फको उपसभापति नेविसंघ र सहसचिव क्रान्तिकारीले पाएका छन् भने अनेरास्ववियुले सभापतिसहित थप ३ सदस्य पाएको छ ।
स्ववियुमा अखिल समाजवादी,राप्रविसंघ, र नेकपा एसनिकट अनेरास्ववियूले पनि सदस्य पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *