राष्ट्रिय युवा संघको महाधिवेशन मिति तय

२०८१ चैत १४ गते १७:५३

काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल १०औं महाधिवेशनको मिति र स्थान तय भएको छ । आज बसेको पदाधिकारी बैठकले आगामी जेठ ९-११ गते पोखरामा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गराउन संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेको ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर