बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट – Nepal Press

बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट

दाङ । घोराही १० निबासी २६ वर्षीया शिला चौधरीमाथी घोराही ११ चागुका पीडक गोपाल चौधरीका श्रीमतीले मरनासन्न हुने गरि कुटपिट गरेका छन् ।

घोराही ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेकै पहलमा अमानवीय तरिकाले भएको कुटपिटको घटनालाई बाहिर मिलापत्र गरि नारायण प्रहरी चौकिमा प्रहरीकै उपस्थितिमा कागज गरेका छन् ।

केही महिला अधिकारकर्मिहरुले महिलामाथी मरनासन्न हुने गरि कुटपिट घटना पैसामा गुपचुपमा मिलाउन खोजेको भन्दै दबाबमा गरिएको मिलापत्र खारेज गरेर मुद्दा चलाउन माग गरे ।

जिल्ला प्रहरी कार्यालय दाङले घटना गम्भिरतापुर्बक नलिएपछि नारायण प्रहरी चौकिले राजनीतिक दबाबका कारण जिल्लामा घटना बारे रिपोर्टिङ नगरेर कागजि मिलापत्र गरेर पठाएपछि अहिले महिला अधिकार कर्मिहरुको पहलमा प्रहरी कार्यालयमा घटना मुद्धा दर्ता गरिएको छ ।

अधिकारकर्मी खुमा खड्काले महिलालाई अत्यन्तै तल्लोस्तरमा दुर्व्यवहार गरिएकाले न्याय दिनका लागि प्रहरी कार्यालयमा पहल गरिएको र हाल पिडकलाई कारबाहिको माग गर्दै  अभद्र ब्यबहारमा मुद्दा दर्ता गरिएको जानकारी दिइन् ।

पीडित सिलालाइ गोपालले साझ आफ्नो घरमा बोलाएको बेला उनको श्रीमती समेतका बिभिन्न ब्यक्तिहरुले  घरभित्र कुटपिट गरिनलछारपछार पारि फेरि बाहिर बिजुलीको पोलमा ल्याई डोरिले बाधेर मरनासन्न हुने गरि कुटपिट गरेको आरोप लागेको छ ।

६१ हजार रुपैयाँ पीडितलाई दिई मिलापत्र गरिएको घटनामा सो रकम फिर्ता गरि मुद्दा दर्ता गरिएको पिडितको तर्फबाट दाबी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *