जसपा नेपालले परिसङ्घ गठन गर्ने – Nepal Press

जसपा नेपालले परिसङ्घ गठन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसङ्घ गठन गर्ने भएको छ ।

नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय महासन्धिसमेतले निषेध गरेको लैङ्गिक तथा जातीय/राष्ट्रिय उत्पीडन तथा असमानता र विभेदलाई अन्त्य गर्न, उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र अधिकारका साथै समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न परिसङ्घ गठन गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

खास गरी दलित, आदिवासी जनजाति, पिछडा वर्ग, थारु, अल्पसङ्ख्यक समुदायहरूसँग सम्बन्धित सङ्घ÷सङ्गठन, संस्था र व्यक्तित्वहरू सम्मिलित महासङ्घ वा परिसङ्घ गठन गरी सोको नीति, कार्यक्रम र कार्य योजना निर्माण गरी कार्यान्वयन गरिने प्रमुख बस्नेतले बताए ।

१९९७ सालदेखि हालसम्म जहानीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रात्मक प्रणालीको अन्त्य भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली स्थापित भइसक्दा पनि सामन्तवादी उत्पीडन, वर्णवादी तथा नस्लवादी जातीय सोच, चिन्तन र अभ्यासका कारणले शोषित, उत्पीडित वर्ग र जाति/समुदायहरूमाथि अन्याय, अत्याचार, शोषण, दमनका साथै विभेद, उत्पीडन र असमानतामा खासै परिवर्तन आउन नसकेको पार्टीको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर