मकवानपुरमा मृतकका आफन्तले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८१ चैत १५ गते ९:१६

हेटौँडा । सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिकामा प्रदर्शन गर्नुको साथै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३००६ ख ५६८१ नम्बरको बस र मनहरिबाट लोथर बजारतर्फ गइरहेको बा प्र ०३००१ च ३०१२ को म्याजिक भ्यान एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी भ्यानका चालक राक्सिराङ गाउँपालिका-४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएपछि स्थानीय र आफन्तले प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर