रत्नपार्क–भद्रकालीको बाटो बन्द, कोटेश्वरमा सवारी साधन प्रवेश निषेध (भिडिओ)


काठमाडौं । समाजवादी मोर्चाले आयोजना गरेको प्रदर्शनका लागि मानिसको उपस्थिति बाक्लिएपछि रत्नपार्कबाट भद्रकाली जाने सवारी रुट डाइभर्ट भएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार रत्नपार्क जाने सवारी साधनलाई बागबजारबाट पुतलीसडक हुँदै डाइभर्ट गरिँदैछ ।
पुतलीसडकको एकतर्फी आवागमन (वान वे) खुला गरिएको छ । त्यहाँबाट अनामनगर, माइतीघर वा कमलपोखरी तर्फ जान पाइने एसएसपी घिमिरेले बताए ।
कोटेश्वरमा शुरु हुन लागेको राजावादी प्रदर्शनलाई लक्षित गर्दै तीनकुने र जडीबुटीबाट त्यहाँ जाने सवारी साधनलाई रोक लगाइएको छ । तर, कोटेश्वर छिचोलेर पुग्नुपर्ने गन्तव्यका निम्ति वैकल्पिक रुट तोकिएको छैन ।
चालकले आफ्नो अनुकूलतामा जान पाइने सुविधा रहेको घिमिरेले बताए ।