केबलकार र पैदल यात्रामा देखिने मौलाकालिका मन्दिर परिसर (तस्बिरहरू)  – Nepal Press

केबलकार र पैदल यात्रामा देखिने मौलाकालिका मन्दिर परिसर (तस्बिरहरू) 

गैँडाकोट। सडक, पैदल र केबलकार तीनै माध्यमबाट पुग्न सकिने एक धाम हो मौलाकालिका । नवलपुरको गैँडाकोट नगरपालिका १ को यो धाममा केबलकार उद्घाटन २०८० वैशाख १८ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले गरेका थिए । शुक्रवार मौलाकालिका क्षेत्र पुग्दा केबलकार चढेर आएका थिए  रौतहटका ८५ बर्से तिर्थालु टेकबहादुर पराजुली । आफ्नी श्रीमतीसँगै छोरीको घरमा नारायणगढ आएका दम्पतीले केबलकारले गर्दा आउन सकिएको बताए । आफूले नागरिकता लिएर आएको भए आफ्नो र ८३ वर्षकी श्रीमती नरमाया पराजुलीको केबलकार पैसा नलाग्ने थाहा भएको पराजुलीले बताए ।
गैँडाकोट ८ कि युवती गङ्गा शर्माले आफूलाई समय कम भएकोले केबलकारबाट आएको बताइन । उनले नेपाल प्रेससँग भनिन,’१८०० खुट्किला चढ्न एक घण्टा भन्दा धेर लाग्थ्यो । अहिले ५ मिनेट केबलकार र ५ मिनेट पैदलले पुगिन्छ ।’  १२०८ मिटर लामो केबलकारको शुल्क झण्डै सात सय भएको भन्दै उनले दूरीको कोणमा मनकामना भन्दा महँगो भएको गुनासो गरिन्।
मन्दिर परिसरमा २५ वर्षबाट पूजा सामाग्री पसल चलाउँदै आए‍की स्थानीय ५८ वर्षे राधिका ओलीले अहिले आगन्तुक बढेको बताइन् । पहिले डोको काटेर बुढाबुढी आउथे । अहिले त आयो गयो सजिलो छु, राधिकाले बताइन्। तर आफ्नो सामान बिक्रीमा भने फेदीका व्यापारीले गर्दा कमी आएको राधिकाको गुनासो छ । छोरा ओम बहादुर ओलीसँगै पसलमा भेटिएकी राधिका भन्छिन्, ‘तलकाले माथि किन्न पाइन्न भनेर पूजा सामान बेच्दारान । यसले हाम्रो व्यापार धेरै छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *