नेपाल बैंकमा रोजगारीको अवसर, माग्यो १६३ जना कर्मचारी


काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि १६३ जना कर्मचारी माग गरेको हो ।
बैंकले प्रबन्धक पदका लागि ३ जना, उपप्रबन्धक पदमा १ जना, सहायक प्रबन्धक ४२ जना कर्मचारी मागेको छ । बैंकले सहायक पदका लागि सातै प्रदेशमा ९६ जना कर्मचारी मागेको छ ।
बागमती प्रदेशमा सहायक आइटी पदका लागि १ जना कर्मचारी मागेको छ । जसमा महिलाले मात्रै आवेदन दिन सक्नेछन् । सोही प्रदेशका लागि कनिष्ठ सहायकका लागि ७ जना माग गरिएको छ ।
त्यस्तै, कनिष्ठ सहायकका लागि गण्डकी प्रदेशमा ३ जना, लुम्बिनीमा ६ जना, कर्णाली प्रदेशमा ४ जना कर्मचारी आवश्यक परेको बैंकले सूचनामा उल्लेख गरेको छ । योग्य नेपाली नागरिकहरूले २०८२ वैशाख ४ गतेसम्म आवेदन फाराम भर्न सक्नेछन् ।