प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित – Nepal Press

प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो।

यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरिएको छ।

सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुटेन।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन्। तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर