राजावादीको मञ्चमै ताकेर अश्रुग्याँस प्रहार, नवराज सुवेदी आन्दाेलनकारीको संरक्षणमा – Nepal Press

राजावादीको मञ्चमै ताकेर अश्रुग्याँस प्रहार, नवराज सुवेदी आन्दाेलनकारीको संरक्षणमा

अँश्रुग्यास लागेर दुईजना गम्भीर घाइते, नेताहरु नै असुरक्षित

काठमाडौं । राजावादीकाे आन्दोलनमा प्रहरीले दमन गरेको छ । प्रहरीले राजावादीको सभा हुने मञ्चमा ताकेर अश्रुग्याँस प्रहार गरेको घटनास्थलमा रहेका पार्टीका एक नेताले जानकारी दिए ।

‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निर्मम दमन गरेको छ । जनसभा भाँड्ने उद्देश्यले मञ्चमै आक्रमण गरियो । घरका छतहरुबाट पनि मञ्चमा ताकेर ढुंगा प्रहार भएको छ । ती प्रहरी हुन् कि माओवादी कार्यकर्ता हुन् थाहा छैन’, ती नेताले भने ।

राजावादी सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी आइसकेका थिए । उनी मञ्चमा उक्लिनासाथ ताकेर अश्रुग्याँस हानिएको थियो । त्यसपछि उनलाई स्वयम्सेवकहरुले सुरक्षित स्थानमा लगेका छन् ।

राप्रपाका नेताहरु रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत भने मञ्चमै छन्, तर उनीहरु असुरक्षित रहेको ती नेताले बताए ।

प्रहरीको बल प्रयोगबाट केही प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये दुई जना गम्भीर घाइते बनेको मञ्चबाट जानकारी दिइएको थियो ।


प्रतिक्रिया

One thought on “राजावादीको मञ्चमै ताकेर अश्रुग्याँस प्रहार, नवराज सुवेदी आन्दाेलनकारीको संरक्षणमा

  1. यो अपराधी हत्यारा सरकारको सबै नेपालीले बिरोध गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर