तीनकुनेमा राजावादीको अराजकता- व्यक्तिको घरमा तोडफोड, सामान बाहिर निकालेर जलाए – Nepal Press

तीनकुनेमा राजावादीको अराजकता- व्यक्तिको घरमा तोडफोड, सामान बाहिर निकालेर जलाए

काठमाडौं । राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड गरेका छन् । उनीहरुले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।

तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।

प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको घटनास्थलमा रहेका नेपाल प्रेसकर्मी उमेश कार्कीले जनाएका छन् ।

घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका हुन् ।


प्रतिक्रिया

3 thoughts on “तीनकुनेमा राजावादीको अराजकता- व्यक्तिको घरमा तोडफोड, सामान बाहिर निकालेर जलाए

  1. गोलि हान्नु पर्छ । व्यक्तिको घरको सुरक्षा छैन यो देशमा ? कसले दिन्छ क्षतिपुर्ति ? दुर्गेले दिन ऋणको व्याज तिर्नै पैसा छैन । ज्ञानेन्द्र खोपीमा बसेर हेर्दैछ के दिनु ? अरू भरौटेहरू त ज्ञाने आएदेखि खुट्टा धोएर मन्त्री खाउँला भनेर पछि लागेका हुन् ।

    1. तँ चोर खड्गे को लँगौटि चुप लाग साला। सुनिनस/पढिनस पुलिसले त्यै घरबाट के के हानेको भनेर। साला चुतिया।

  2. अब एक एक गर्दै यी मण्डलले हरुलाइ जेल भित्र सडाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर