ज्ञानेन्द्रलाई पम्फाको चेतावनी- व्यवस्था फेरिएपछि राजाहरु रेटिन्छन्, दिएको मौकालाई कमजोरी नठान्नू (भिडिओ) – Nepal Press

ज्ञानेन्द्रलाई पम्फाको चेतावनी- व्यवस्था फेरिएपछि राजाहरु रेटिन्छन्, दिएको मौकालाई कमजोरी नठान्नू (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सरकारको कारणले बढेको निशारामा राजावादीहरुले मौका छोपेर फर्किने दिवासपना देखेको बताएकी छन् ।

समाजवादी मोर्चाको विरोधसभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओली सरकारलाई सुध्रिन चेतावनी दिइन् । उनले राजतन्त्र समाप्त भइसकेको भन्दै अब फर्किने कुनै सम्भावना नभएको बताइन् ।

उपाध्यक्ष भुसालले भनिन्, ‘यो सरकारको कारणले नै आमजनतामा निराशा पैदा भएको छ । हिजो जनताको युद्ध र आन्दोलनबाट पराजित भएका, प्रायः यस्ता निरंकुश राजतन्त्रको अन्त्य गर्ने क्रममा तीन देशमा राजाहरु रेटिने गर्दछन्, मारिने गर्छन् । हामीले नागरिक भएर बस भनेर छाडिएको स्थितिलाई कमजोरी ठानेर हिजो निरंकुश शासनको वरिपरि बसेर खाइपाइ आएका जनतामाथि शोषण गरेका पूर्वदरबारिया र पञ्चहरुले यो निराशाको मौका छोपेर पुनःस्थापित भइन्छ कि भन्ने दिवासपना देखेका छन् ।’

उनले सरकारले भ्रष्टाचार, दलाल र माफियाहरुको प्रतिनिधित्व गरेको भन्दै सच्याएर सुशासनको अभियान अघि बढाउन आग्रह गरिन् ।


प्रतिक्रिया

One thought on “ज्ञानेन्द्रलाई पम्फाको चेतावनी- व्यवस्था फेरिएपछि राजाहरु रेटिन्छन्, दिएको मौकालाई कमजोरी नठान्नू (भिडिओ)

  1. समाजवादी नामका विदेशीका भाडाका टट्टुहरू र ज्ञानेन्द्रजस्तालाई यो देशमा काम गरेर खान मात्र मौका दिनुपर्छ । राजनीतिको र पनि गर्न दिनु हुँदैन । यिनले सल्लाह गरेरै आज अराजकता मच्चाउन खोजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर