यो सरकारबाट संविधानको रक्षा हुँदैन, पूर्वराजाले पनि सीमा ननाघून्: महेन्द्रराय यादव (भिडिओ)


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट संविधानको रक्षा नहुने बताएका छन् ।
समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यो सरकारले संविधान र गणतन्त्रको रक्षा गर्ने विश्वास नभएको बताए ।
नेता यादवले भने, ‘अहिले धेरै ठाउँबाट संघीयतामाथि प्रहार भइरहेको छ। अहिले देशबाट संघीयता नै हटाउने प्रयास भइरहेको छ । यो देशबाट संघीयता हट्यो भने देशमा द्वन्द्वको सिर्जना हुनसक्छ ।’
उनले अब राजतन्त्र फर्किने सम्भावना नभएकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए दल खोलेर आउन चुनौती दिए ।
उनले भने, ‘यो संविधानमा राजालाई नागरिकको रुपमा राखिएको छ । राज्यले सबै सुविधा दिएको छ । हामी चाहन्छौं, संविधानको परिधिभित्र बसून्, नागरिक भएर चुनाव लडेर, पार्टी दर्ता गरेर अगाडि बढून् ।’
तँ भारतको टट्टुले गर्छस् संविधानको रक्षा । संविधान आउनै नदिन भारतको निर्देशनमा नाकाबन्दी गरिस् । पछि केपिको चट्टानी अडान अघि तँ लगायत भाडाका टट्टुहरू र स्वयम् भारले घुँडा टेक्यो । बोल्छस् जथाभावी ?