विप्लवको दाबी- विदेशीको षड्यन्त्रमा गणतन्त्रविरोधी गतिविधि भइरहेका छन् (भिडिओ) – Nepal Press

विप्लवको दाबी- विदेशीको षड्यन्त्रमा गणतन्त्रविरोधी गतिविधि भइरहेका छन् (भिडिओ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीको षड्यन्त्रमा अहिले गणतन्त्रविरोधी गतिविधि भइरहेको दाबी गरेका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले समान्ती तत्वहरुको षड्यन्त्र पूरा गर्न नदिने बताए ।

मोर्चाको संयोजकसमेत रहेका नेता विप्लवले भने, ‘हराइएका, जनताको बलद्वारा धुलो परिएका सामन्ती तत्वहरुका बचेकुचेका तत्वहरुले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेका छौं । हामी गणतन्त्रसम्म आएका छौं, तर जनताको सबै आकांक्षा पूरा भएको छैन, हामीले बुझेका छौं ।’

उनले नेपाली जनतालाई सामन्ती तत्वहरुको खाँचो नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर