म्यानमार र थाइल्यान्डको भूकम्पमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज म्यानमार र थाइल्यान्ड क्षेत्रमा गएको भूकम्पा दुःख व्यक्त गरेका छन ।
सामाजिक सञ्जाल एक्सबाट प्रधानमन्त्री ओलीले आफ्नो हृदय भूकम्प पीडितहरुलाई भएको भन्दै भनेका छन्, ‘पीडित र पीडितका परिवारको शक्ति, सुरक्षा र द्रूत उद्धारको लागि मेरो कामना छ । नेपाल सधैं तपाईंको साथमा छ ।’
प्रधानमन्त्री ओली अप्रिल १ मा थाइल्यान्ड जाने कार्यक्रम छ । मङ्गलबार बिमस्टेकको शिखर सम्मेलनमा थाइल्यान्ड जाने तयारीमा रहेका उनले दुई बिमस्टेक मुलुकको भूकम्पमा दुःख व्यक्त गरेका हुन ।
भूकम्पको कारण बिमस्टेक शिखर सम्मेलन हुने वा नहुने अहिलेसम्म टुङ्गो लागेको छैन । गत सेप्टेम्बर ३ र ४ मा हुने तय भएको बिमस्टेक शिखर सम्मेलन थाइल्यान्डको राजनीतिक उथलपुथलले स्थगन भएर अप्रिल ३ र ४ मा सारिएको थियो ।