राजावादीको आन्दोलनमा गोली चल्यो, दुई प्रदर्शनकारी घाइते

२०८१ चैत १५ गते १५:४५

काठमाडौं । राजावादीहरुले गरेको आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । दुई प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् ।
दुवैजनालाई घुँडामुनि गोली लागेको प्रहरी स्रोतले बतायो । एकजनालाई तीनकुनेमा र अर्कालाई कोटेश्वरमा गोली लागेको हो ।
उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल मीनभवन लगिएको छ । घाइतेको पहिचान खुलेको छैन । दुवैजना खतरामुक्त रहेकाे बताइएकाे छ ।
आन्दोलनकारी उग्र भएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर