प्रहरी प्रभागमा कोटेश्वरमा आगजनी प्रयास, प्रदर्शनकारीहरु जडिबुटीतिर भागे – Nepal Press

प्रहरी प्रभागमा कोटेश्वरमा आगजनी प्रयास, प्रदर्शनकारीहरु जडिबुटीतिर भागे

काठमाडौं । राजावादी समूहको आन्दोलनकारीहरुले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी  प्रयास भएकाे छ ।

दुर्गा प्रसाईंको उग्र समर्थकहरुले प्रहरी प्रभाग कोटेश्वरमा आगजनीकाे प्रयास गरेका थिए । प्रहरी प्रभाग कोटेश्वरमा आगजनी गर्न गएका प्रदर्शनकारी जडिबुटीतिर भागेका छन् ।

अहिले कोटेश्वर प्रहरी प्रभाग सुरक्षित रहेको प्रहरीले जनाएको छ ।  आगजनीको प्रतिकार गर्दै प्रहरीले बल प्रयोग गर्न लागेपछि प्रदर्शनकारी तितरबितर भएका हुन् ।

अहिले प्रदर्शनकारीहरुल विभिन्न ठाउँमा आगजनी र ढुंगामुढा गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *