ओलीलाई नकारात्मक गुरुको संज्ञा दिँदै प्रचण्डले भने- मलाई स्वर्गमा पठाएर आफू नर्क गए – Nepal Press

ओलीलाई नकारात्मक गुरुको संज्ञा दिँदै प्रचण्डले भने- मलाई स्वर्गमा पठाएर आफू नर्क गए

सरकार अझै उल्टो बाटोमा हिँडे सामान्ती, निरंकुशता र दलालहरुविरुद्धको नयाँ क्रान्तिले बढारेर लाने चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अहिले उल्टो बाटोमा हिँडिरहेको बताएका छन् । समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले ओलीलाई नकारात्मक गुरुको संज्ञा दिए ।

उनले भने, ‘माधवजीले अघि स्वर्ग र नर्कको कुरा गर्नुभयो । उहाँले जे भएको हो, त्यही भन्नुभयो, तर निष्कर्ष त्यो होइन । मलाई नर्कतिर र उनी स्वर्गतिर गएको होइन । उनी नर्कतिर मलाई स्वर्गतिर फर्काइदिएको हो । मलाई जनतातिर फर्किन बाध्य पारे, आफू दलाल बिचौलिया, पुँजीपतिको सेटिङमा फसेका छन्, दलालको पनि दलाल भए, नर्क त उनी गए, मलाई स्वर्गमा जान प्रेरित गरे यस अर्थमा केपी ओलीलाई धन्यवाद छ ।’

अध्यक्ष प्रचण्डले सरकार अझै उल्टो बाटोमा हिँडिरहेका र सामन्ती, निरंकुशता र दलालहरुविरुद्धको नयाँ क्रान्तिले बढारेर लाने चेतावनी दिए ।


प्रतिक्रिया

2 thoughts on “ओलीलाई नकारात्मक गुरुको संज्ञा दिँदै प्रचण्डले भने- मलाई स्वर्गमा पठाएर आफू नर्क गए

  1. दिल्लीले पालेको पाल्तु हो यो । दिल्लीले नेपालमा नियन्त्रित अस्थिरता सृजना गर्न प्रचण्ड, दुर्गा नामका भाडाका टट्टुहरू प्रयोग गरिरहेको छ । नेपाली जनताले यिनलाई देशब निकाला गरेर दिल्लीतिर पठाईदिने बेला भयो अब ।

  2. अचम्म । सत्ता बाहिर बस्नै नसक्नेलाई सत्ता बाहिर राख्दा स्वर्ग पठाएकाे रे । अनि सत्तामा गएकाे चाहिँ नर्कमा भएकाे रे । हाहाहा कति हाँस्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर