ओलीबारे प्रचण्ड- हिजो पनि राजावादीहरुसँग मिल्न खोज्थे, अहिले पनि मिलेको हुनसक्छ – Nepal Press

ओलीबारे प्रचण्ड- हिजो पनि राजावादीहरुसँग मिल्न खोज्थे, अहिले पनि मिलेको हुनसक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुले मिलेको आशंका व्यक्त गरेका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारले उल्टो उल्टो काम गरेको देख्दा प्रधानमन्त्री ओली राजावादीसँग मिलेको हुनसक्ने प्रश्न उठेको बताए ।

उनले भने, ‘भित्रभित्रै उहाँ, हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो। गणतान्त्रिक आन्दोलन हाम्रो माधवजीको नेतृत्वमा चल्दैगर्दा उहाँ बयलगाढावाला सिद्धान्तको प्रतिपादक हुनुहुन्थ्यो। आउन सक्दैन गणतन्त्र भन्नुहुन्थ्यो, उहाँलाई गणतन्त्रसँग रिस छ ।’

ओलीले गणतन्त्र भनेपछि माओवादी र प्रचण्डमात्रै देख्ने गरेकाले सखाप पार्नतिर केन्द्रित भएको उनको आरोप लगाए ।


प्रतिक्रिया

4 thoughts on “ओलीबारे प्रचण्ड- हिजो पनि राजावादीहरुसँग मिल्न खोज्थे, अहिले पनि मिलेको हुनसक्छ

  1. दिल्लीले पालेका पाल्तुहरू धेरै नभुक । ज्ञानेन्द्रको नेता दुर्गा, दुर्गाको नेता प्रचण्ड । कुरा स्पष्ट छ ।

  2. अनुहारको कालो छोप्न अरूमाथि हिलो छ्याप्ने छेपारो ।डा. बाबुराम भट्टराइले भनेको हामीले सुनेका छाैँ । प्रचण्ड कति गणतन्त्रवादी हुन भन्ने कुरा । राजनीतिक अपराधीहरूको नाइके प्रचण्डले समाजमा अराजकता सिर्जना गर्ने बाहेक केही गरेकाछन् ।

  3. गणित नपुगेर सत्ताबाट बाहिरिएकाे याे मान्छे पुनरुत्थानवादी शक्तिले पार्टी अफिस जलाउन आइसक्दा पनि हाेस छैन। नकचराेले केपीलाई सरापेर बसिरहेको छ ।

  4. दुनियाँलाई था छ ओली कस्ताे र पुष्पकमल कस्ताे भन्ने ? ओलीकाे बिराेध नगरी बाेल्ने कुरा केही छैन ? ओली जत्तिकाे हुने उद्वेश्य राख्नु । हुन सक्ने त हाेईन । तर पनि प्रयास गरेकाे राम्राे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर