सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड

२०८१ चैत १५ गते १६:०३

काठमाडौं । राजावादीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरेका छन्। तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शन उग्र रुप लिएपछि अहिले ठाउँठाउँमा आगजनी र तोडफोडमा उत्रिएका हुन्।
तीनकुलमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। स्थिती तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन्।
यत्रतत्र आगजनी र तोडफोड गर्दै राजावादी कार्यकर्ता हिँडेपछि सिनामंगलसहित तीन ठाउँमा कर्फ्यु आदेश जारी भएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर