त्रिभुवन विमानस्थलको घेरा बाहिर आगलागी, राजावादी समूहले लगाएकाे आशंका (भिडिओ)


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगलागी भएको छ ।
विमानस्थलको कम्पाउण्ड बाहिरकाे झाडीमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइनसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी लालबाबु सुवेदीले नेपालप्रेसलाई बताए । आगाे नियन्त्रणमा ल्याउने प्रयास भइरहेकाे उनले बताए ।
उनका अनुसार उक्त क्षेत्रमा आगाे राजावादी समूहकाे प्रदर्शनकारीले लगाएकाे हुन सक्ने आशंका गरिएकाे छ । घटनाबारे थप बुझने काम भइरहेकाे उनले बताए ।
आगजनीकाे कारण बैंकक उड्ने तयारीमा रहेको थाइ एयरको उडान रद्द भएको छ । बेलुका ८ बजेका लागि उडान मलेसियाका लागि उडान भर्ने तयारीमा रहेको बटिक एयरको पनि उडान अनिश्चित बनेको छ