मानव अधिकार आयोगले भन्यो- हिंसात्मक कार्यमा संलग्नलाई कारवाही गर्नू – Nepal Press

मानव अधिकार आयोगले भन्यो- हिंसात्मक कार्यमा संलग्नलाई कारवाही गर्नू

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभाका क्रममा हिंसात्मक कार्यमा संलग्नलाई कारवाही गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले प्रेस विज्ञप्ती गर्दै काठमाडौंको तीनकुनेमा अनुगमनका क्रममा आमसभा हिंसात्मक हुन पुगेको जनाएको छ ।

प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते भएको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले बताए ।

कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने पोखरेलले उल्लेख गरे ।

हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *