आगजनी,लुटपाट र तोडफोडको जिम्मेवार पूर्व राजालाई बनाइँदै, गृह मन्त्रालयमा पत्रकार सम्मेलन – Nepal Press

आगजनी,लुटपाट र तोडफोडको जिम्मेवार पूर्व राजालाई बनाइँदै, गृह मन्त्रालयमा पत्रकार सम्मेलन

काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने,कोटेश्वर,त्रिभुवन विमानस्थल लगायतका क्षेत्रमा भएको आगजनी,लुटपाट,तोडफोड र सुरक्षाकर्मीमाथिको आक्रमणको जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई बनाउने भएको छ ।

गृहमन्त्रालयमा आजको घटनालाई लिएर केहीबेरमा पत्रकार सम्मेलन हुँदैछ । गृहमन्त्री रमेश लेखकले आजको अराजक र हिंसात्मक घटना तथा लुटपाटको जिम्मेवार पूर्व राजा र दुर्गा प्रसाईलाई बनाइने बताएका छन् ।

पूर्व राजाकै उक्साहट र निर्देशनमा विमानस्थलजस्तो संवेदशील क्षेत्रमा आगजनी गरिएको तथा सरकारी र निजी सम्पत्तिमा आगजनी गरिएकोले सबैलाई कानूनी दायरमा ल्याइने मन्त्री लेखकले नेपाल प्रेसलाई बताए । सरकारले पूर्व राजालाई जिम्मेवार बनाउने तयारी गरेको खुलासा नेपाल प्रेसले दिउँसै गरेको थियो ।

काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने,कोटेश्वर,त्रिभुवन विमानस्थल लगायतका क्षेत्रमा भएको आगजनी,लुटपाट,तोडफोड र सुरक्षाकर्मीमाथिको आक्रमणको जिम्मेवार पूर्व राजिा ज्ञानेन्द्र शाहलाई बनाउने भएको छ । गृहमन्त्रालयमा आजको घटनालाई लिएर केहीबेरमा पत्रकार सम्मेलन हुँदैछ ।

गृहमन्त्री रमेश लेखकले आजको अराजक र हिंसात्मक घटना तथा लुटपाटको जिम्मेवार पूर्व राजा र दुर्गा प्रसाईलाई बनाइने बताएका छन् । पूर्व राजाकै उक्साहट र निर्देशनमा विमानस्थलजस्तो संवेदशील क्षेत्रमा आगजनी गरिएको तथा सरकारी र निजी सम्पत्तिमा आगजनी गरिएकोले सबैलाई कानूनी दायरमा ल्याइने मन्त्री लेखकले नेपाल प्रेसलाई बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर