मोह त्याग्न आग्रह गर्दै पूर्वराजालाई विश्वप्रकाशको प्रश्न- संवैधानिक राजा फर्किने बाटो यही हो ?


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अराजक मार्गबाट ‘अनुदार राज’ फिर्ताको मोह त्याग्न आग्रह गरेका छन् ।
उनले निर्दोष व्यक्तिको घरमा आगो, मिडियामा आक्रमण प्रयास, सपिङ मलमा तोडफोड र पार्टी कार्यालयमा आगजनी संवैधानिक राजा फर्किने बाटो हो भन्दै प्रश्न गरेका छन् ।
‘निर्दोष व्यक्तिको घरमा आगो, मिडियामा आक्रमण प्रयास, सपिङ मलमा तोडफोड र पार्टी कार्यालयमा आगजनी, के यही हो ‘संवैधानिक राजा’ फर्किने बाटो ?’ उनले भनेका छन्, ‘अराजक मार्गबाट ‘अनुदार राज’ फिर्ताको मोह त्याग्न पूर्वराजालाई आग्रह ! असन्तुष्टिको हल खोज्नेछौं हामी, नागरिकले बनाएको संविधानभित्रैबाट ।’