गृह मन्त्रालयले भन्यो- समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजार सहभागी – Nepal Press

गृह मन्त्रालयले भन्यो- समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजार सहभागी

काठमाडौं । गृह मन्त्रालयले समाजवादी मोर्चाको विरोधसभामा ३५ हजार मानिस सहभागी भएको जनाएको छ।

मन्त्रालयले पत्रकार सम्मेलन गरेर मोर्चाको कार्यक्रममा करिब ३५ हजार सहभागी भएको अनुमान गरेको मन्त्रालयका सहसचिव छवि रिजालले बताए ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी आबद्ध मोर्चाले आज विरोधसभा गरेको थियो । मोर्चाले सभामा एक लाख उतार्ने आकलन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर