गृह मन्त्रालयले भन्यो- हिंसात्मक घटना गराउने आयोजक नै जिम्मेवार हुन्छन् – Nepal Press

गृह मन्त्रालयले भन्यो- हिंसात्मक घटना गराउने आयोजक नै जिम्मेवार हुन्छन्

यो प्रदर्शन राजनीतिक नभएर हिंसात्मक र अपाराधिक भएको मन्त्रालयको ठहर

काठमाडौं । गृह मन्त्रालयले पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सहसचिव छवि रिजालले सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य रहेको बताए ।

हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रुपमा जिम्मेवार हुने बताए ।

उनले भने, ‘संविधानले सबै वर्ग, जाति, भाषा, लिङ्ग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै छ । शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाई हुँदैन ।’

त्यस्तै, उनले यो प्रदर्शन राजनीतिक नभएर हिंसात्मक र अपराधिक भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर