राजावादीले पार्टी कार्यालय जलाएपछि नेकपा एसले भन्यो- सरकारले सुरक्षा प्रबन्ध गर्न सकेन (भिडिओ) – Nepal Press

राजावादीले पार्टी कार्यालय जलाएपछि नेकपा एसले भन्यो- सरकारले सुरक्षा प्रबन्ध गर्न सकेन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय कार्यालयका ढोका र झ्यालहरू तोडफोड गरेर कागजात र फर्निचरहरू जलाउनेलाई कारवाहीको माग गरेको छ ।

महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै आफुलाई तथाकथित राजावादी बताउने आपराधिक उन्मादीहरूको कुकृत्यप्रति भत्सना गरे ।

उनले भने, लुटपाट र आगजनी जस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्वलाई तिरस्कार तथा प्रतिवाद गर्न र नागरिकहरूको रक्षाप्रति सचेत रहन सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।

पार्टी कार्यालयको वरिपरि हुनसक्ने घटनाबारे आज विहान ११ बजे नै प्रहरीलाई खवर गरिएको र पार्टी कार्यालयमा आक्रमण हुनथाले पछि फेरि तुररुन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रवन्ध नगर्नु सुरक्षा प्रशासनको घोर लापर्वाही भएको नेकपा एसको ठहर छ ।

उनले भने, ‘अहिले यी हुल्लडवाजहरुले अन्य कैयन् सर्वसाधारणको सम्पतिमाथि पनि श्रृङ्लाबद्ध आक्रमण गरेर लूटपाट गरेका समाचारहरु आइरहेका छन्। यसबाट सरकारले सुरक्षा प्रबन्ध गर्न नसकेको तथ्य स्पष्ट भएको छ । हाम्रो पार्टी सरकारी संयन्त्रको यस प्रकारको लापर्वाही घोर निन्दा गर्दछ र नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा सङ्लग्न सबै अपराधीहरुलाई यथाशिघ्र कडा कार्बाही गर्न जोडदार माग गर्दछ ।’


प्रतिक्रिया

2 thoughts on “राजावादीले पार्टी कार्यालय जलाएपछि नेकपा एसले भन्यो- सरकारले सुरक्षा प्रबन्ध गर्न सकेन (भिडिओ)

  1. ठिक भएछ, मार्क्सबादीलाइ युरोप तिरै खेद्न पर्छ, आयातित सिदान्तलाइ।

  2. यस्लाई बुढीले कुटी भने पनि ओलिले सुरक्षा दिन सकेन भन्छ । ओैचित्य सकिए पछि किन बोलिरहेको होला यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर