तीनकुनेमा जलाइएको घरमा मृत भेटिएका व्यक्ति एभिन्यूजका क्यामेरा पर्सन भएको पुष्टि – Nepal Press

तीनकुनेमा जलाइएको घरमा मृत भेटिएका व्यक्ति एभिन्यूजका क्यामेरा पर्सन भएको पुष्टि

काठमाडौं । आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा जलाइएको घरभित्र मृत भेटिएका व्यक्ति पत्रकार भएको पुष्टि भएको छ । उनी एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजक हुन् ।

उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् ।

एभिन्यूज टेलिभिजनका समाचार प्रमुख केदार कोइरालाले मृतक व्यक्ति रजक नै भएको पुष्टि गरे ।

तस्बिरः उमेश कार्की

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *