नवराज सुवेदीले भने- शान्तिपूर्ण आन्दोलनमा दमन गरियो, सबै घटनाको जवाफदेही नेपाल सरकार – Nepal Press

नवराज सुवेदीले भने- शान्तिपूर्ण आन्दोलनमा दमन गरियो, सबै घटनाको जवाफदेही नेपाल सरकार

मृतक सविन महर्जनलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

प्रहरीले सुरुमै बल प्रयोग गरेर कार्यक्रम गर्न नदिँदा यो स्थिति उत्पन्न भएको उनको दाबी छ ।

एक भिडिओ विज्ञप्ति जारी गर्दै उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सुवेदीको विज्ञप्तिका सार यस्तो छः

आज हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका थियौं । तर सुरुदेखि नै हामीलाई प्रशासनबाट अत्याचार र थिचोमिचो भयो । म गाडीबाट मञ्चमा जान ओर्लिँदा नै ३÷४ राउन्ड टियर ग्यास हानिएको थियो । मञ्चमा गएपछि दसौं राउन्ड टियर ग्यास प्रहार भयो । मैले बोल्न पाइनँ । मञ्चमा बस्न पनि सकिनँ । त्यस्तो वातावरण सिर्जना भएपछि जनमानसमा आक्रोश उत्पन्न भयो ।

घरको छतबाट टियर ग्यास हानियो । त्यो घरभरि पुलिसहरु लुकाएर राखेको रहेछ । मासले थाहा पाएपछि तोडफोड र आगजनी गरे । त्यसपछि प्रहरीले अन्धाधुन्द फायरिङ गर्दा किर्तिपुरका सविन महर्जन किर्तिपुरको मृत्यु भएको छ । । दर्जनौं मानिसहरु घाइते भएका छन् । उनीहरु विभिन्न अस्पतालमा छन् । यो दुखद हो । सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु ।

उहाँहरुको उपचारको व्यवस्था हुनुपर्यो । सबै सरकारले गरोस । सविन महर्जनलाई उचित क्षतिपूर्ति परिवारले पाउनुपर्ने हाम्रो माग छ । हाम्रो ज्यादति केही पनि छैन । सुरुदेखि नै हाम्रो मासलाई इरिटेड गराउने र बल प्रयोग गर्ने काम भएको छ ।

सरकार र प्रहरीबाट जुन बितण्डा गरियो, त्यसले नै आजको स्थिति सिर्जना भएको हो । म पश्चाताप गर्छु, नहुनुपर्ने भयो । यसको सम्पूर्ण जवाफदेही नेपाल सरकार हुनुपर्र्छ ।

 


प्रतिक्रिया

2 thoughts on “नवराज सुवेदीले भने- शान्तिपूर्ण आन्दोलनमा दमन गरियो, सबै घटनाको जवाफदेही नेपाल सरकार

  1. मार्क्सबादी हरू तानाशाही हुन् सिदान्तले अनि व्यवहारले।

  2. ज्ञानेन्द्रप्रति अलिअलि बाँकी जनताको विश्वास पनि बेल्जियम नागरिक र ऋण नतिर्ने को पछि लागेर खरानी भयो । बुद्वि त नभएकै रैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर