राजावादीको प्रदर्शनमा भएका हिंसात्मक घटनाबारे छानबिन गरेर कारबाही गर्ने सरकारको निर्णय – Nepal Press

राजावादीको प्रदर्शनमा भएका हिंसात्मक घटनाबारे छानबिन गरेर कारबाही गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको उनले बताए ।

प्रहरीसँग झडप हुँदा अराजक बनेको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सबिन महर्जन र तीनकुनेस्थित घरमा आगलागी हुँदा जलेर क्यामेरा पर्सन सुरेश रजको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन् ।


प्रतिक्रिया

One thought on “राजावादीको प्रदर्शनमा भएका हिंसात्मक घटनाबारे छानबिन गरेर कारबाही गर्ने सरकारको निर्णय

  1. प्रत्येक घरमा ढुङ्गाहान्ने, आगो लगाउने, भाटभटेनीमा चोर्ने, गाडीमा हिर्काउने, गाडी जलाउने एउटालाई पनि नछोड । राजावादीका मान्छे भनेका त्यत्ति २-३ हजार हुन् । तिनलाई एक एक गरेर ठिक पार । यसमा प्रचण्डका पुच्छरको पनि हात छ । लुटेर खान पल्केका प्रचण्डेका भरौटेहरूलाई नाङ्गेझार पार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर