आगजनी, लुटपाट र हत्याको घटनापछि दुर्गा प्रसाईँ भूमिगत- प्रहरी खोजेको खोज्यै – Nepal Press

आगजनी, लुटपाट र हत्याको घटनापछि दुर्गा प्रसाईँ भूमिगत- प्रहरी खोजेको खोज्यै

काठमाडौं । शुक्रबार भएको आगजनी,लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् ।

सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् । सरकारले आगजनी, पत्रकारलाई जलाएर मारेको तथा सरकारी तथा निजी सम्पत्ति लुटपाटमा प्रमुख दोषी बनाएर मुद्दा चलाउने भएपछि प्रसाईँ फरार छन् ।

उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित भएका व्यक्ति हुन् । प्रहरीले शुक्रबारको घटनामा जिम्मेवार मानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शम्सेर जबरालाई भने पक्राउ गरेको छ । यद्यपि उनीहरु ती घटनामा संलग्न नरहेको दाबी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भएको नेपाल प्रेसलाई बताए । उनले शुक्रबारको घटनाको मुख्य योजनाकार प्रसाईँ नै भएको विभिन्न प्रमाणमा देखिएको बताएका छन् ।


प्रतिक्रिया

2 thoughts on “आगजनी, लुटपाट र हत्याको घटनापछि दुर्गा प्रसाईँ भूमिगत- प्रहरी खोजेको खोज्यै

  1. लोकतान्त्रिक पद्धतिमा आफ्नो मतको सही सदुपयोग नगर्ने जनता !
    जस्तै खराब पात्र, प्रवृतिका व्यक्तिहरुलाई पनि सधैं जिताइरहने!

    खराब पात्र भयो भन्दैमा व्यवस्था नै यसको जड हो भन्न मिल्दैन l खराब प्रवृतिका मानिसहरू पहिले पनि थिए, अहिले पनि छन्। तिनीहरूलाई विस्थापित गरेर असल, इमान्दार र प्रगतिशील भावना बोकेको व्यक्ति हरू राज्यको हरेक तह र तप्कामा आउने हो भने सकारात्मक परिणाम निस्की हाल्दछ।

    राजतन्त्रको समयमा होस् या अहिले हामी विकास, निर्माण र प्रगतिको दृष्टिकोणले पछाडी नै छौं। कम्युनिस्ट देश चीनले थोरै समयमा तेत्रो विकास गरिसक्यो ! पुँजीवादी देश अमेरिका संसारकै superpower छ। हाम्रो समस्या एकातिर छ र समाधान अर्कोतीर गरेर केही पार लाग्दैन।

    पहिले राजतन्त्र गलत भयो भनेर आन्दोलन गरेर गणतन्त्र लेराउने, अब फेरि यो ठीक छैन भनेर फेरी पश्चगमन तर्फ लाग्नाले समयको बर्बाद बाहेक केही हुँदैन।

    बरु, वर्तमान आवस्यकता भनेको त अहिलेको व्यवस्थाको कमजोरी सुधार्नु जस्तै: संघीयतामा केन्द्र र स्थानीय निकायलाई बलियो बनाउने अनि प्रदेश संरचना खारेज गर्ने, प्रत्येक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाने, पूर्ण समानुपातिक संसद, सांसदलाई मन्त्री बन्न नपाउने, Right to Reject, Recall,इत्यादि।

    अहिले राजतन्त्र, राजतन्त्र भन्न सजिलो छ तर गलत प्रविती को पात्र राजा भयो भने, यसको जरा उखेल्न त्यति सजिलो छैन बरु अहिले निर्वाचनमा राम्ररी विवेक पुर्याउने हो भने जस्तो मै हुँ भन्नेलाई पनि हटाउन सकिन्छ।

    एकचोटी बहस र आन्दोलन गर्न जरुरी छ तर त्यो अग्रगमनको निमित्त। विज्ञान र अनुसन्धान, विकास र निर्माण, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी आदि विषयमा बुद्धिजीवी, राजनीतिज्ञ र युवा मार्फत देशको खाका कोर्नु जरुरी छ।

    स्थानिय निकाय देखि संघको निर्वाचनमा राम्रा व्यक्तिलाई जिताऔं। बालेन, कुलमान जस्ता राम्रा छवि बोकेकालाई मूल राजनीतिमा आउन प्रोत्साहन गरौँ र जिताऔं।

  2. आफैं आउँछु भन्थ्यो त ? मार्नेलाई ३० वर्ष जेल भए उक्साउने र मतियारलाई कति वर्ष हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर