घटनास्थल निरीक्षणमा गृहमन्त्री जाँदै, प्रदर्शन भए ‘फायर’ खोलिने – Nepal Press

घटनास्थल निरीक्षणमा गृहमन्त्री जाँदै, प्रदर्शन भए ‘फायर’ खोलिने

काठमाडौं । शुक्रबार हिंसात्मक प्रदर्शन भएको क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक अहिले बिहान जाने भएका छन् ।

त्यहाँ जारी गरिएको कर्फ्यु आदेशको समय सकिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार थप कर्फ्यु आदेशको सम्भावना छैन । तर, प्रहरी निगरानी उच्च पारिएको उनले बताए ।

त्यहाँ कुनै किसिमको प्रदर्शन भए ‘फायर’ खोलिने, अर्थात् गोली प्रहार गरिने उनले बताए । ‘प्रदर्शन हुने पूर्वसूचना छैन, तर हामी हाईअलर्टमा छौं।’, उनले भने ।

प्रदर्शनलाई उत्तेजित बनाउने भूमिकामा रहेका १०५ व्यक्ति अझै प्रहरी नियन्त्रणमा छन् । उनीहरूमाथि थप अनुसन्धान गर्दै कुन मुद्दा चलाउने भन्ने निर्क्यौल गर्न बाकी रहेको उनले बताए । कतिपय व्यक्ति शकाका आधारमा पक्राउ परेका कारण छुट्नसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “घटनास्थल निरीक्षणमा गृहमन्त्री जाँदै, प्रदर्शन भए ‘फायर’ खोलिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर