तीनकुने क्षेत्रमा हटाइयो कर्फ्यु – Nepal Press

तीनकुने क्षेत्रमा हटाइयो कर्फ्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ ।

अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार दिउँसाेदेखि ७ बजेसम्मको लागि कफर्यु आदेश जारी गरिएको थियो ।

७ बजेसम्म जारी कर्फ्यु थप गरी आज बिहानसम्म पुर्‍याइएको थियो । अहिले ७ बजेबाट कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर