गणतन्त्रवादीलाई बालेनले गरेनन् जरिवाना, राजावादीको मूल्यांकन हुँदै – Nepal Press

गणतन्त्रवादीलाई बालेनले गरेनन् जरिवाना, राजावादीको मूल्यांकन हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुनेमा राजावादी समूहले गरेको क्षतिबारे आज अनुगमन गर्ने भएको छ । क्षतिको मूल्यांकन गरेर राजावादी समूहलाई जरिवाना तिराउने तयारी गरेको छ ।

महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले राजावादीहरुले गरेको क्षतिको मूल्यांकन हुन बाँकी रहेको बताए । हिजो साँझपख कफ्यु जारी भएकाले अनुगमन गर्न नपाएको उनले बताए ।

उनले नेपालप्रेससँग भने,‘ कहाँकति क्षति भएको छ ।हेछौं हिजो कफ्युले गर्दा अनुगमन गर्न पाएनौं । सडक, बोटविरुवा सार्वजनिक सम्पतिमा कति क्षति भएको छ त्यही अनुसारको जरिवाना हुन्छ ।’

त्यस्तै हिजो गणतन्त्रवादीहरुले गरेको प्रदर्शनमा भने जरिवाना नकाटिएको उनले बताए । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा गरेको कार्यक्रमपछि आफैले सफा गरेपछि जरिवाना नगरिएको पाण्डेले बताए ।

उनले भने,‘ उहाँहरुले व्यवस्थित रुपमा कार्यक्रमपछि सरसफाइ गर्नुभयो । फोहोर पनि व्यवस्थित गर्नुभएको छ। फोहोरको लागि गाडी पठाइदिनु भन्नुभयो हामीले पठाइदियौं । सडक सफा गरेपछि जरिवाना तिराउन मिल्दैन ।


प्रतिक्रिया

2 thoughts on “गणतन्त्रवादीलाई बालेनले गरेनन् जरिवाना, राजावादीको मूल्यांकन हुँदै

  1. बालेन ओलि विरोधी मानसिकताबाट ग्रसित हो भन्ने कुरा यसबाट पनि प्रमाणित हुन्छ । एमालेले आफैं सफा गरेर गाडी पठाईदेउ भन्दा पठाईदिएन, कार्यक्रम हुँदै गर्दा नै जरिवानाको चिठी पठायो । कसैको लागि दलाल बनेको हुनुपर्छ । कालान्तरमा प्रमाणित हुन्छ । सिपि मैनाली कम्युनिष्टको नाममा राजदरवारको एजेण्ट प्रमाणित भएजस्तै । केपिले कस्ता कस्ता झमेला त पार गरे । दुर्गा, प्रभू, प्रचण्ड, बालेन त के तिनका मालिकलाई त नाकाबन्दीमा घुँडा टेकाउने, २००७ सालदेखि कुनै प्रधानमन्त्रीले गर्न नसकेको चीनसँग बिआरआई सम्झौता, पारवहन सम्झौता गर्ने आँट, साहस भएको समृद्वि र स्वाभिमानका नायक ओलिलाई यस्ता दलाल फ्याउराहरूले ललकार्न खोज्ने ? प्रयास नगर आफैं सकिन्छौ । एमालेका कार्यकर्ताले तिमीहरूलेजस्तै झम्टने हो भने दुई दिन पनि टिक्न सक्दैनौ । रौतहटको तस्करले ओलिले राजिनामा दिनुपर्छ भनेछ ।यस्ता तस्करले भनेको कुरा repirtersnepal नामको दलाल अनलाईनले प्राथमिकता दिएर छापेछ । दलाल दलाल एक भएका होलान नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर