रोल्पाको नवनेपाल क्याम्पसमा अनेरास्ववियुका एकराज केसी सर्वसम्मत, अन्य सबै पदमा क्रान्तिकारीबाट निर्वाचित – Nepal Press

रोल्पाको नवनेपाल क्याम्पसमा अनेरास्ववियुका एकराज केसी सर्वसम्मत, अन्य सबै पदमा क्रान्तिकारीबाट निर्वाचित

रुपन्देही । रोल्पास्थित नवनेपाल क्याम्पस जुगारको स्ववियु सभापतिमा अनेरास्ववियु एकराज क्ेसी सर्वसम्मत निर्वाचित भएका छन् ।

एमाले निकट अनेरास्ववियु र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबीच गठबन्धन भएपछि अध्यक्षमा केसीसहति सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

निर्वाचन अधिकृत त्रिभुवन रानाका अनुसार सचिवमा अनेरास्ववियु क्रान्तिकारीका विप्लव डाँगी र कोषाध्यक्षमा पनि सोही संगठनकै प्रतिमा भण्डारी सर्वसम्मत भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा क्रान्तिकारीका श्रीया पुनमगर, भावना रोका र अनेरास्ववियुका राधिका केसी सर्वसम्मत भएका हुन् । यसअघि विवादका कारण रोकिएको यहाँको निर्वाचन प्रकृया सहमतिपछि शुक्रबार सुरु भएपछि भएको मनोनयनमा उनीहरुको मात्रै उम्मेदारी परेको हो ।

समानुपातिकतर्फ भने सबै पदमा क्रान्तिकारीका रहेका छन् । उपाध्यक्षमा मनिषा थापा, सहसचिवमा विक्रम घर्ती, सदस्यहरुमा शोभाराम डाँगी, खुमा डाँगी, आशीष डाँगी छानिएका हुन् ।

तर निर्वाचनको यो प्रकृयाप्रति नेविसंघ रोल्पाले असहमति जनाएको छ । अध्यक्ष अनुपम जिसीले समय सकिएपछि मनोनयन गरेर निर्वाचन समितिले एकलौटी गरेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर