पत्रकार रजकको हत्या विरोधमा माइतीघरमा प्रदर्शन – Nepal Press

पत्रकार रजकको हत्या विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।

पत्रकार महासंघको आयोजनामा  काठमाडाैंकाे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीकाे माग गरेका छन् ।

एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको हिजो राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।

कार्यकर्ताहरुले तिनकुनेको एक घरमा आगजनी गरेको थिए । सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई गेटमा ताल्चा लगाइदिएर भित्रै थुनेका थिए । सोही क्रममा जलेर उनको मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर