यही नै समय हो ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सरकारले कडा कदम चालाेस्: प्रचण्ड (भिडिओ) – Nepal Press

यही नै समय हो ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सरकारले कडा कदम चालाेस्: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार घटना नसोचेको बताएका छन् ।

समाजवादी मोर्चाको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शुक्रबार भएको हिंसात्मक गतिविधिको पूर्वतयारी नभएको देखिएको बताएका हुन् ।

उनले हिजोको घटना हेर्दा प्रहरी र सरकारको तयारी नभएको बताए ।

उनले भने,‘ सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराउँदा पनि झण्डै ४०/ ४५ मिनेटसम्म पनि पुसिल फोर्स नदेखिनु विडम्वना भन्नुपर्ने हुन्छ । हिजो हामीले यो स्तरको दुर्घटना होला भनेर सोचिएन भनेर सुरक्षा निकायले भनेकाे छ । राजधानीको मुटुमा यस्तो विवेकहिन आपाराधिक गतिविधि हुँदा प्रहरी समयमा आउन नसक्नु यसलाई गम्भीर समिक्षा सरकारले गरोस् । र आउने दिनमा पूर्ण तयारीमा लागोस् ।’

साथै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको  बताउँदै सरकारले कडा कदम चाल्न आग्रह गरे ।

उनले थपे,’ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको पहिला पनि देखिएकै हो । अहिले पनि देखियो । यही नै समय हो सरकारले कडा कदम चालोस् । यस्ता काण्ड गर्नेलाई कानुनी दायरमा ल्याओस् । र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुन नदियोस् ।’


प्रतिक्रिया

2 thoughts on “यही नै समय हो ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सरकारले कडा कदम चालाेस्: प्रचण्ड (भिडिओ)

  1. prachanda laai chahi kahile kaarbaahi huncha? 5000 janaa maareko maa? Chitwan ko shaktikhor maa aatankakaari le janata maarne gut ko yuddha sardaar prachanda nai ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर