घरमा आगजनी सुरू भइसकेपछि कोठाभित्रै थुनिएका थिए क्यामरापर्सन रजक (भिडिओ) – Nepal Press

घरमा आगजनी सुरू भइसकेपछि कोठाभित्रै थुनिएका थिए क्यामरापर्सन रजक (भिडिओ)

काठमाडौं । तीनकुनेको घरमा आगजनीपूर्व एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजक कोठाभित्रै थुनिएको खुलासा भएको छ ।

आन्दोलनकारीले तोडफोड र लुटपाट गर्दा रजकले  काेठाभित्रबाट भिडिओ खिचिरहेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा कोठाभित्रको त्राशदीपूर्ण दृष्य कैद भएको छ । क्यामरापर्सन रजक कोठाभित्र मोबाइल चलाइरहेका हुन्छन् भने बाहिरपट्टि चेन गेटमा ठुलो ताल्चा झुण्डिएको छ । गेट बाहिरबाट भिडियो खिचिएको हो ।

आफू थुनिएपछि रजकले मोबाइलबाट कसैलाई सम्पर्क गर्न खोजिरहेको जस्तो देखिन्छ । उनले यही कोठाको बाटोपट्टि भित्तामा फुटेको सिसाबाट बाहिर आन्दोलनको दृष्य खिचेका थिए ।

कोठाभित्र रजक थुनिएकै अवस्थामा दुई आन्दोलनकारी युवती भर्याङबाट ओर्लिएका छन् । उनीहरूमध्ये एकजनाको अनुहार देखिएको छ भने अर्कीले स्कार्फले अनुहार ढाकेकी छन् । उनीहरू ओर्लिदै गर्दा तल्लो कोठामा ह्वारह्वारी आगो बलिरहेको थियो ।

क्यामरापर्सन थुनिएको प्रहरीलाई जानकारी गराएको तर प्रहरीले उद्दार नगरेको आरोप एभिन्युज टिभिका सञ्चालक भाष्करराज राजकर्णिकारले लगाएका छन् ।

 (केही तथ्यहरु फरक पर्न गएकाले संशाेधन गरिएकाे छ ।)


प्रतिक्रिया

2 thoughts on “घरमा आगजनी सुरू भइसकेपछि कोठाभित्रै थुनिएका थिए क्यामरापर्सन रजक (भिडिओ)

  1. aba tyo police laai pani kaarbaahi huncha holaa. janataako aandolan laai bemausami utejit paarne police ra grihamantri laai pani kaarbaahi hunuparcha.

  2. भिडियो खिच्ने मान्छेलाई रजदकले हेरेको छ ,तर ताल्चा लगाइएको बारेमा केहि प्रतिक्रिया थिएन ,दोश्रो भिड्यो खिच्ने मान्छे र रजक एकअर्कामा चिनजान जस्तै गरेर रजाकले हेरेको छ ,तेश्रो भिडियो खिच्ने मान्छेले रजक लाई जुम गरीगरी भिडियो खिचेको छ त्यसपछि च्यानल गेटको ताल्चा देखाइएको छ ,यो देखाउनुको अर्थ के हो , रजकले यसमा प्रतिक्रिया नदिनुको अर्थ के हुन सक्छ ? जब कि रजक को पछाडि पट्टीको भित्तामा त्यो च्यानल गेटको ताल्चा देखिन्छ ,भन्नुको मतलव रजकले ताल्चा लगाइएको देख्न सक्छ,भिडियो खिच्ने मान्छेले तल ओर्लिएर एउटा कोठामा आगो दन्की रहेको देखेर पनि किन रजक लाई भन्न नगै सरासर घरबाट बाहिरियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर